सकियो सूर्यग्रहण

काठमाडाैं | कात्तिक ८, २०७९

सकियो सूर्यग्रहण

काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा आज लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


     ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सूर्योदयपछिमात्र बाल, वृद्ध र रोगीबाहेकले भोजन गर्नुपर्ने नियम छ ।


     बाल, वृद्ध र बिरामीले भने ग्रहणका बेला पनि भोजन गर्न सक्ने जनाइएको छ । यस्तो अवस्थामा पानी, कन्दमूल, फलफूल, हवनीय वस्तु (जौ), श्रोत्रीय ब्राह्मणलाई बनाएको खाना, गुरुको वचन र औषधि गरी आठ कुरा खान सकिने शास्त्रीय व्यवस्था रहेको उहाँले सुनाउनुभयो । आधुनिक विज्ञानले भने ग्रहणमा भोजन निषेध नगरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।


     सूर्यग्रहणमा १२ घण्टाअघिदेखि र चन्द्रग्रहणका बेला नौ घण्टाअघिदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई शास्त्रीय आधारमा भोजन निषेध गरिएको छ । औँसीका दिन सूर्य र पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने गर्छ ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्